हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइ

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण
हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइ

photos : nypost.com/

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतंककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव संकलन  कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ । 

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । 

यहाँको सुरक्षा निकायलाई आतंककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू संकलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको पाइएको छ । 

मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतंककारीका यस्ता कार्यले यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।

सुझावित समाचार