मूलपानीमा चौका र छक्काको वर्षा, कुशल र दीपेन्द्रबीच शतकीय साझेदारी

टी-२० ट्र्यांगुलर सिरिजटी-२० ट्र्यांगुलर सिरिज

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण
मूलपानीमा चौका र छक्काको वर्षा, कुशल र दीपेन्द्रबीच शतकीय साझेदारी

फाइल फाेटाे

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताको तेस्रो खेलमा अहिले नेपाल र हङकङ भिडिरहेका छन् । 

मूलपानी खेलमैदानमा टस जितेर ब्याटिङ रोजेपछि खराब सुरुवात गरेको नेपालले अहिले भने रनको वर्षा गरिरहेको छ । 

मूलपानीमा अहिले चौका र छक्काको वर्षा भएको छ । क्रिजमा रहेका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले संकटमा परेको नेपाली इनिङ उकास्दै रनको वर्षा गरेका हुन् । 

कुशल र दीपेन्द्रले हङकङका बलरलाई प्रत्येक ओभरमा चौका र छक्का प्रहार गरिरहेका छन् । १७औँ ओभरको खेल चलिरहँदा यिनले ५२ बलमा शतकीय साझेदारी गरेका छन् । 

कुशलले ३१ बलमा पाँच छक्का र दुई चौकाको सहायताले ५६रन बनाएका छन् । यस्तै, दीपेन्द्रले पनि ३० बलमा ५१ रन बनाएका छन् । उनले तीन छक्का र पाँच चौका प्रहार गरिसकेका छन् । 

१८औँ ओभरको खेल चलिरहँदा नेपालले चार विकेट गुमाएर एक सय ६२ रन बनाइसकेको छ । 
 

सुझावित समाचार