सेयर बजारमा हरियाली, नेप्सेद्वारा १९ सय विन्दु पार

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ। मंगलबार सामान्य अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको छ। 

लगातारको ओरालो यात्राले १८ सय विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार बढेको बजारपछि १९ सय विन्दु पार गरेको छ।

बजार उच्च अंकले बढेको भए पनि आज कारोबार रकममा भने गिरावट आएकाे छ। यसदिन दुई सय ८६ कम्पनीका ३७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ९३ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। हिजो एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा

आज सबैजसो समूहको सेयर बढेको छ। यस दिन सबैभन्दा बढी सानिमा जिआई इन्स्योरेन्स एक्लैको ४४ करोडको कारोबार भएको छ। यस्तै आशा लघुवित्त र इन्फिटी लघुवित्तको सेयरले सर्किट हानेको छ। समग्र बजार बढे पनि बिपिडब्लू लघुवित्तको सेयर ४.६२ प्रतिशतले ओरालो लागेको छ। 
 

सुझावित समाचार