नेपालका लागि टाउको दुखाइ बन्दै गएका अली नासिर र बसिल हमिदको साझेदारी तोडिएको छ । यी दुईबीच अर्धशतकीय साझेदारी बनिसकेको थियो ।
यसक्रममा करण केसीले पुनः एकपटक ब्रेक थ्रु दिलाए । एक छक्का र तीन चौकाको मद्दतमा ३० बलमा ३२ रन बनाएका अलीलाई कप्तान रोहित पौडेलले क्याच समाए ।
बसिल हमिद भने ३४ बलमा ४९ रन बनाएर खेलिरहेका छन् । उनले चार छक्का प्रहार गरिसकेका छन् ।