फेजाको औपचारिक उद्घाटन

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

आर्थिक महिला पत्रकारको क्षमता विकासमा अर्थ मन्त्रालय सधैँ तयार रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। आर्थिक महिला पत्रकार संघ (फेजा)को औपचारिक उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले पत्रकारिता क्षेत्रभित्र पनि हुने विभेदलाई अन्त्य गर्न महिलालाई समान अवसर प्रदान गर्नुपर्ने बताए।

पछिल्लो समय आर्थिक पत्रकारितामा महिलाको सहभागिता बढ्दै गए पनि पर्याप्त नभएको र यसमा फेजाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले फेजामार्फत मुलुकमै वित्तीय साक्षरता, सकारात्मक आर्थिक विकास, सही सूचना तथा ज्ञान पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्की, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, पुँजी बजार संघकी अध्यक्ष राधा पोख्रेलले संघको सफलताका लागि शुभकामना व्यक्त गरे ।

सुझावित समाचार