नेपालको पहिलो पाँचतारे होटेल दरबारमार्गस्थित डेला अन्नपूर्ण हो । यो होटेल तत्कालीन अधिराजकुमारी हेलेन शाहको अगुवाइमा सन् १९६५ बाट सञ्चालनमा आएको हो । सुरुमा पाँचतारे खोल्ने सोच नभए पनि, दरबारले निम्त्याएका विदेशी पाहुना राख्न लक्जरी अपार्टमेन्ट खोलिएको थियो ।
दरबारमा आयोजना हुने शुभकार्यमा अक्सर विदेशी विशिष्ट पाहुना निम्त्याइन्थ्यो । राजाको राज्याभिषेक, राजपरिवारका छोराछोरीको विवाह, भोजमा विदेशी पाहुना आउँथे । तर, ती विशिष्ट पाहुनाको सत्कारका लागि राम्रो होटेलै थिएन । काठमाडौंमा लक्जरी होटेलको आवश्यकतालाई मध्यनजर गरी पाँचतारे अन्नपूर्ण होटेल खोलिएको थियो । तर, कोभिडयता भने यो होटेल बन्द अवस्थामा छ ।
हाल देशमा १८ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा ११ वटा र फोमसलमा सातवटा छन् । हाल सञ्चालनमा रहेका पाँचतारे होटेलमा दुई हजार आठ सय ७७ कोठा र चार हजार तीन सय ४५ बेड संख्या रहेका छन् । पाँचतारे होटेलमा तीन हजार नौ सय ७८ ले प्रत्यक्ष रोजगारी पाएका छन् ।