प्रचण्ड भन्छन्– कोशीमा एकपछि अर्को चलखेल तर,कोर्स करेक्सन हुन्छ

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले गठबन्धन टुटाउन कोशीमा एकपछि अर्को चलखेल गरेको आरोप लगाएका छन् ।

धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले कोशीमा विश्वासको मतअघि कांग्रेसबाट एक मात्र मन्त्री बनाउने सहमति बनेको, तर एमाले सरकारमा सहभागी भएर गठबन्धन टुटाउने चलखेल गरेको दाबी गरे ।

‘कोशीमा हाम्रो एउटा र एमाले र असन्तुष्ट कांग्रेसका विद्रोही समूहको गठबन्धन बन्यो । के गरी हल गर्ने भनेर धेरै मिहिनेत गरियो । अन्ततः शेरबहादुरजी, शेखरजी र म बसेर गठबन्धनबारे दृढ रहने र टुट्न नदिने भनेर कमिटमेन्टमा हस्ताक्षर गर्यौँ । यति भएपछि ढुक्क भयो, एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त, फेरि अर्को चलखेल भयो,’ प्रचण्डले भने, ‘हामीले विश्वासको मतअघि कांग्रेस मात्रको एकजना मन्त्री बनाउने भनेका थियौँ, फेरि एमालेले मन्त्री छिराइहाल्यो । हामी फेरि त्यसलाई करेक्सन गर्दै छौँ । करेक्सन त हुन्छ । पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हल्लाउन सक्दैन । जतिचोटि प्रयास गरे त्यतिचोटि आफैँ फसेका छन् । अहिले पनि एमालेले जित्ने मैले देखेको छैन, कांग्रेस र गठबन्धनले पनि त्यो देखेको छैन ।’ 

See More On

सुझावित समाचार