उदयपुरमा असोज लागेसँगै कतै धान पसाउन लागेको छ भने कतै पाक्न थालेको छ। उदयपुरको भित्री मधेशका खेतहरूमा अधिकांश ठाउँमा धान पहेँलपुर देखिन थालेको छ।
.jpg'_'.2023-10-16.jpg)
उदयपुरमा धान उत्पादन हुने जमिन कुल १३ हजार तीन सय ८० हेक्टर रहेको सरकारी तथ्यांक छ। जिल्लाको भित्री मधेशमा पर्ने कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगीदह, बेल्टार, बसाहा, सुन्दरपुर, रामपुर ठोक्सिलालगायतका क्षेत्रमा अहिले कतै धानको बाला पसाउँदै छ भने धेरैजसो ठाउँमा पहेँलपुर भएको छ।
.jpg'_'.2023-10-16.jpg)
उदयपुरमा बर्खे, भदैया, चैते गरी वार्षिक जम्मा १४ हजार सात सय ५६ हेक्टर क्षेत्रफलमा ५८ हजार नौ सय ५८ मेट्रिकटन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।
.jpg'_'.2023-10-16.jpg)
निर्माणाधीन चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौँडा जोड्ने मदन भण्डारी राजमार्ग आसपास अहिले हरियाली र पहेँलपुर भएको धान देख्न पाइन्छ।
.jpg'_'.2023-10-16.jpg)