नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै आजबाट नयाँ नोट सटही सुविधा दिएको छ।
काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ।
सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ मा नयाँ नोट साट्न पाउनेछन्। अघिल्ला वर्षहरूजस्तै यसपालि पनि एकजनाले बढीमा १८ हजार पाँच सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था छ।
काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यसै अवसरमा राष्ट्र बैंक बालुवाटार तथा ताेकेका शाखामा नयाँ नाेट साट्न सर्वसाधारणकाे भिड लागेकाे छ।
तस्बिरहरू :
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)
.jpg'_'.2023-10-16.jpg)