भारतले टस जित्याे, पाकिस्तानलाई ब्याटिङकाे निम्ताे

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट

शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान भिड्दै छन्। नरेन्द्र मोदी स्टेडियम अहमदाबाद क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोज्दै पाकिस्तानलाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे छ। 

भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन्। भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो। त्यस्तै, पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो। भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन्।

सुझावित समाचार