‘गाजाबाट २४ घन्टाभित्र १० लाख मानिस निकाल्ने योजना कार्यान्वयन असम्भव’

शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

युरोपेली युनियन (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकैदिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजरायलको योजना कार्यान्वयन गर्न पूर्ण रूपमा असम्भव रहेको शनिबार बताएका छन्।  

इजरायलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट संगठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजरायलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ। 

‘युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्ण रूपमा असम्भव रहेको म भन्छु,’ चीनको तीनदिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भने, ‘गाजा जस्तो परिस्थितिमा २४ घन्टाभित्र १० लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय संकट मात्र हुन सक्छ।’

युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजराइलको भ्रमणका क्रममा शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन रहेको बताए। ‘युरोप इजरायलको पक्षमा उभिन्छ,’ इजरायललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उनले भने। 

तर, आफ्नो रक्षा गर्ने प्रक्रियामा इजरायल पनि अन्तर्राष्ट्रिय कानुनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ।

‘स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको रक्षा गर्छौँ,’ बोरेलले भने, ‘तर, कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानुन हो।’  

See More On

सुझावित समाचार