इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढीले ज्यान गुमाएका छन्।
इजरायलको प्रतिरक्षा फौज (आइडिएफ) का प्रवक्ताले बुधबार दिएको जानकारीअनुसार द्वन्द्वमा ज्यान गुमाउनेको संख्या एक हजार दुई सयभन्दा बढी पुगेको छ।
‘मृत्यु हुनेको संख्या एक हजार दुई सय पुगेको छ,’ आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भनेका छन्। उनका अनुसार ज्यान गुमाउनेमा अधिकांश सर्वसाधारण छन्।
यसैबीच गएराति इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बताए।
हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजरायली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए।