लक्ष्मी सनराइज बैंककाे ‘दसैँ आयो’ योजनामा अफरैअफर

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

नेपाली हिन्दू धर्मावलम्बीहरूकाे महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दसैँ आयो’ योजना ल्याएको छ। दसैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकले जनाएको छ। 

बैंकका अनुसार १८ असोजदेखि ३० कार्तिकसम्म लागू हुने यस योजनाअन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनी, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याकसमेत प्राप्त गर्न सकिनेछ। 

पहिलो अफर ‘घुम्न जाउँला’मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनी प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ। यो अफर  १८ असोजदेखि ९ कात्तिकसम्म लागू हुनेछ। यस्तै क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनीमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नुपर्नेछ। 

अर्को अफर ‘सपिङ गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा रु. १,००० सम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना २७ असोजदेखि ३ कात्तिकसम्म लागू रहनेछ।

यसैगरी,  ‘खाउँला पिउँला’ योजनामा २८ असोजदेखि १२ कात्तिकसम्म फुडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनीबाट अनलाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा रु. २०० सम्म क्यासब्याक पाउन सकिनेछ।

 यसै अफरअन्तर्गत केएफसीको तथा पिज्जाहटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ट्याप एण्ड पे फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा रु. ५०० सम्म क्यासब्याक पाइनेछ।

त्यसैगरी, ‘रमाइलो गरौँला’ अफरअन्तर्गत क्युएफएक्स सिनेमा हलहरूमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनीमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा रु. ५०० सम्म एकपटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभर लागू हुनेछ।

र, क्यासब्याक अफरहरूबाहेक २५ असोजदेखि २५ कात्तिकसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा रु. ५०१ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरूका लागि रु. ५०,००० भन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ। बैंकका अनुसार सबै योजनामा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ।

सुझावित समाचार