एनआरएनए सचिवमा नवीन विकको उम्मेदवारी

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा नवीन विकले उम्मेदवारी घोषणा गरेका छन्।

आगामी असोज ३० गतेदेखि ४ कात्तिकसम्म काठमाडौंमा एनआरएनएको ११औं महाधिवेशन हुँदै छ। त्यसमा नवीन विकले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

चीनलगायतका देशमा व्यवसाय विस्तार गरेका विक एनआरएनए एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक पनि हुन्। अब एनआरएनएको सचिवमा उम्मेदवारी दिने उनले बताए।

उनी सन् २००७ देखि एनआरएनएमा आबद्ध छन्। उनी एनआरएनए चीनको कोषाध्यक्ष, उपाध्यक्ष र संरक्षक भइसकेका छन्। उनी चीनबाटै एनआरएनएको आइसिसी सदस्य पनि भएका थिए।

एनआरएनएको आसन्न महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा उनले सामाजिक सञ्जालमार्फत गरेका हुन्।

See More On

सुझावित समाचार