कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरिदिएका छन्। पुनर्वास नगरपालिका ११ भीमबस्तीका १८ वर्षीय युवक हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीर धामीको हत्या गरेका हुन्।
आइतबार बिहान हेमन्तले बुवा जसवीरमाथि कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुष्कराज पन्तले घरायसी विवादले हेमन्तले बुवाको हत्या गरिदिएको बताए।
बाबुलाई कोदालो प्रहार गरी हत्या गर्ने छोरा हेमन्त प्रहरी नियन्त्रणमा छन्। जसवीर नेपाली सेनाका सेवानिवृत्त कर्मचारी हुन्।