आठ लाख नगद र लागुऔषधसहित मनहरीबाट पाँचजना पक्राउ

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट लागुऔषध र नगदसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार प्रहरीले पालिकाको वडा नम्बर ६ नयाँ बस्तीबाट लागुऔषध र आठ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको हो।

प्रहरीले जिल्लाको कैलाश गाउँपालिका– ८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी– ४ रमनटारका ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान तथा पर्साको ठोरी गाउँपालिका– ८ का ३२ वर्षीय जितबहादुर चापागाईंलाई नियन्त्रणमा लिएको छ।

नयाँ बस्तीस्थित भित्री कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित बसिरहेका उनीहरूलाई ६ सय दुई बोतल कोडिन फस्फेट, २० ग्राम चरेस र नगद आठ लाखसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार