सेतीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

सेती नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएका छन्। डोटी दिपायलस्थित सेतीमा पुलनजिकै नुहाउने क्रममा दुईजना बेपत्ता भएका उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपक खड्काले जानकारी दिए।

दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन्।

सिद्धार्थ र खुसी स्थानीय सुवास प्रजापतिका छोरीतर्फका नाति र छोरातर्फका नातिनी हुन्। बेपत्ता दुवैको खोजीकार्यका लागि सुरक्षाकर्मी र स्थानीयहरू खटिएका छन्।

सुझावित समाचार