कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

मकवानपुरको थाहा नगरपालिकामा शनिबार बिहान् एउटा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । मृत्युु हुनेमा कन्टेनरका चालक नुवाकोटको बेलकोट नगरपालिका वडा नम्बर ५ का ४२ वर्षीय दिप श्रेष्ठ रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले  जानकारी दिए ।

विरगंजबाट काठमाडाैंतर्फ जादै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर थाहा नगरपालिका वडा नम्बर  ११ कुन्छालस्थित त्रिभुवन राजपथमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कन्टेनर सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेर दुर्घटना भएको प्रवक्ता भण्डारीले बताए ।

सुझावित समाचार