रुपन्देहीका अटो र रिक्साचालकलाई वित्तीय साक्षरतासहित क्युआर कोड हस्तान्तरण

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ।

लुम्बिनी कृषि उपज थोकबजार तिलोत्तमा– ५ मणिग्राम रुपन्देहीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यलाई क्युआर कोड हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले लुम्बिनी कृषि उपज थोकबजार तिलोत्तमा– ५ मणिग्राम रुपन्देहीका सर्वसाधारणमाझ वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको बताए।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले सयजनाभन्दा बढी टेम्पो तथा ई–रिक्साचालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए।

फोन पेको सहकार्यमा क्युआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाको समेत उपस्थिति रहेको थियो।

सुझावित समाचार