जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गेसलाई नोबेल शान्ति पुरस्कार

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। हाल उनी इरानको जेलमा छिन्।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन्। 

पुरस्कारको रकम एक करोड १० लाख स्विडिस  क्रोनर (करिब १० लाख अमेरिकी डलर) छ।  डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमासमेत प्रदान गरिनेछ। 

सुझावित समाचार