न्युजिल्यान्डको सानदार सुरुवात, इंग्ल्यान्ड निरिह

आइसिसी विश्वकप २०२३

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

इंग्ल्यान्डलाई निरिही बनाएँदै न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा सानदार सुरुवात गरेको छ । भारतमा बिहीबारबाट सुरु भएको विश्वकपको पहिलो म्याचमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्यो ।

न्युजिल्यान्डको जितमा रचित रवीन्द्रको एक सय २३ तथा डेभोन कोन्वेको एक सय ५२ रनको विशेष योगदान रह्यो । ९६ बलमै एक सय २३ रन बनाएका रचित प्लेयर अफ द म्याच घोषित भए । गत मार्चमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रचितको यो पहिलो शतक हो । उनले १३ एकदिवसीय खेलेका छन् । 

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ८२ रन बनाएको थियो । उसका लागि जोय रुटले सर्वाधिक ७७ रन बनाए । 

प्रतिउत्तरमा ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले दोस्रो ओभरको पहिलो बलमै ओपनर विल योङलाई गुमाएको थियो । तर, त्यही एक विकेटको मात्र क्षतिमा ३६.२ ओभरभित्रै लक्ष्य पूरा गर्यो । 

सुझावित समाचार