दक्षिणी थाइल्यान्डमा बम आक्रमण, १३ जना घाइते

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

थाइल्यान्डको दक्षिणी क्षेत्रमा लुकाएर राखिएको बम विष्फोट भएको छ। विस्फोट हुँदा कम्तीमा १३ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

उपप्रधानमन्त्री सोमसाक थेप्सुटिनलाई उद्धृत गर्दै सरकारी वेबसाइटमा प्रकाशित एक रिपोर्टका अनुसार आक्रमणकारीले पटानी प्रान्त क्षेत्रको निरीक्षण गर्न अधिकारीहरूलाई बाध्य पार्न ब्यानर झुन्ड्याएपछि भूमिगत रूपमा लुकाइएको विस्फोटक पदार्थ विस्फोट भएको थियो।

सबै घाइतेको उपचार भइरहेको बताउँदै सोमसाकले स्थानीय प्रशासनसँग घाइतेलाई सहयोग गर्न निर्देशन दिएको बताए। (सिन्ह्वा)

सुझावित समाचार