कञ्चनपुरको पुनर्वासकी एक महिलाको हत्या गरेकाे आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेककाे छ । हत्या भएकाे अढाई महिनापछि उनीहरू पक्राउ परेका हुन् । पुनर्वास नगरपालिका- ३ आइबिआरडीकी २७ वर्षीया लक्ष्मी घर्तीको हत्या गरेर फरार भएका चार युवक अढाई महिनापछि पक्राउ परेकाे प्रहरीकाे भनाइ छ ।
गत साउन ३० गते बिहान आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक क्षेत्रमा घर्तीको शव फेला परेको थियो । मृत फेला परेकी लक्ष्मीको हत्या भएको भन्दै घरपरिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
२९ साउन साँझ ५:३० बजेतिर लक्ष्मी घरदेखि मामा घर जान्छु भन्दै हिँडेकी थिइन् । मामा घर जान्छु भन्दै घरदेखि हिँडेकी लक्ष्मी भोलिपल्टै मृत फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लक्ष्मीको हत्यामा संलग्न भएको आरोपमा चार युवकलाई पक्राउ गरेको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले घटना रहस्यमयी भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जानकारी दिए ।