गार्डेनिङ : कस्ता फूल रोप्ने ?

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

ह्याबिस्कस फूल : यो नौ महिनासम्म फुल्छ । यसको दुई महिना पात झरेर फ्लावरिङ साइजमा आउँछ । यो फूललाई बार्दलीमा रोप्दा राम्रो देखिन्छ । 

नील ज्याक : एउटै बोटमा निलो र सेतो फूल फुल्छ । यो निकै बास्नादार हुन्छ । 

रबर प्लान्ट : रबर प्लान्ट बहुगुणी बिरुवा हो । यो निकै सुन्दर देखिन्छ । यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोस्छ । कम प्रकाशमा पनि यो राम्ररी हुर्कन्छ । यो इन्डोर प्लान्ट्स हो । 

क्यामेलिया अर्थात् चाइनिज रोज : यसमा काँडा हुँदैन । यो एभरग्रिन प्लान्ट हो । डार्क ग्रिन हुन्छ । 

स्नेक प्लान्ट्स : स्नेक प्लान्ट्सले रातको समयमा कार्बनडाइअक्साइड सोस्छ । यसले एलर्जी कम गर्न पनि सघाउँछ । यसलाई घरको कुनै पनि कोठामा लगाउँदा हुन्छ । बैठक कोठामा सजाउँदा राम्रो देखिन्छ । 

जर्बेरा डेजी : यो निकै सुन्दर बिरुवा हो । यसको फूल सेतो र हल्का पहेँलो रङको हुन्छ । 

एरिका पाम : एरिका पामले पनि निकै सुन्दर देखाउँछ । यो इन्डोर प्लान्ट हो । 

नीलकमल : यो निकै राम्रो फूल हो । यो कमलको फूलजस्तो फुल्छ । यो दुई महिना मात्रै फुल्छ । त्यसपछि फूल झर्छ र पात मात्रै रहन्छ । 

See More On

सुझावित समाचार