ख्वप: कलेजमा नयाँ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि त्रिविको ध्यानाकर्षण

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः कलेजमा नयाँ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रजापतिले उपकुलपति बास्कोटासँगको भेटका क्रममा नगरपालिकाले विभिन्न विषयका उच्च शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आइरहेको र विद्यार्थीको रुचिअनुसार विषय थप्दै लाने योजनाअनुरूप ख्वपः कलेजमा त्रिविअन्तर्गत नयाँ कार्यक्रमहरू थप गर्न सहजीकरणका लागि आग्रह गरेका हुन् ।

‘त्रिविले समयमै परीक्षा नलिने, ढिला परीक्षाफल प्रकाशित गर्ने, गलत परीक्षाफल प्रकाशित गर्ने र बन्द, हडताल तथा तालाबन्दीजस्ता गतिविधिले कलेज र विश्वविद्यालयप्रति नै विद्यार्थीको आकर्षण घट्दै गएको छ,’ प्रमुख प्रजापतिले भने, ‘नेपालको शिक्षा नीतिप्रति विद्यार्थी असन्तुष्ट देखिएकै कारण बर्सेनि लाखौँको संख्यामा विद्यार्थीहरू बिदेसिने क्रम बढ्दै गइरहेको छ । विद्यार्थीलाई आफ्नै देशमा अध्ययन गर्ने वातावरण सिर्जना गर्नेतर्फ त्रिविले समयमै ध्यान पुर्याउनुपर्नेछ ।’ सो क्रममा उपकुलपति बास्कोटाले नेपालको शिक्षा नीति सुधार गर्ने प्रयास गरिरहेको जानकारी गराए ।

See More On

सुझावित समाचार