एनआइसी एसिया क्यापिटलले नेसनल सोलार पावरलाई ‘आइडिया टु आइपिओ’ सेवा दिने

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटलले नेसनल सोलार पावर कम्पनी लिमिटेडलाई स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउने सेवा ‘आइडिया टु आइपिओ’ दिने भएको छ । यो सेवा प्रदान गर्नका लागि क्यापिटल र सोलार पावर कम्पनीबीच सम्झौता भएको हो । 

उक्त सेवाअन्तर्गत ललितपुरको जावलाखेलमा रजिस्ट्रार कार्यालय रहेको नेसनल सोलार पावर कम्पनीलाई संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने प्राथमिक सेयर सार्वजनिक निष्कासन गर्ने क्यापिटलले जनाएको छ । जसअनुसार क्यापिटलाई निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको उल्लेख छ । 

नेसनल सोलार पावर कम्पनी लिमिटेड सौर्य ऊर्जामार्फत ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी रहेको जनाइएको छ । हाल कम्पनीले नवलपरासीको प्रतापपुरमा पाँच मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका सात लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना रहेको जनाइएको छ । साथै, कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना सञ्चालन गर्न आवश्यक सम्पूर्ण कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

सुझावित समाचार