लिटमस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसर पारेर आफ्ना उपभोक्तालाई लक्षित गरी ‘वाइरिङ दमदार, घर सानदार’ नामक योजना ल्याएको छ । कम्पनीले विभिन्न उपहार सहितको योजना ल्याएको हो । 

योजनाअनुसार पाँचजना भाग्यशाली विजेताले हरेक हप्ता ड्रिल मेसिन, राइसकुकर, एयरड्रप्स, र स्मार्ट वाचजस्ता विद्युतीय सामान जित्ने मौका पाउने जनाइएको छ ।

लक्की ड्रमा समावेश हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिलसहित लिट्मस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी सहभागी हुनुपर्ने जनाइएको छ । योजना ३० कात्तिकसम्म लागू हुने जनाइएको छ । 

समेश कर्पअन्तर्गतको कम्पनी लिटमस इन्डस्ट्रिज लिमिटेडले अत्यधुनिक जर्मन प्रविधि प्रयोग गरी तार, केबल तथा कनेक्टरको उत्पादन गर्दै आएको जनाएको छ ।

सुझावित समाचार