मतदान सकियो, आजै परिणाम आउने

एमाले बागमती प्रदेश अधिवेशन

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण
मतदान सकियो, आजै परिणाम आउने

एमाले बागमतीकाे नेतृत्व चयन गर्न शुक्रबार भएकाे मतदान । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका ।

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको मतदानमा एक हजार एक सय ३१ मत खसेको छ । एक हजार एक सय ७२ मतदाता थिए । 


आजै मतगणना सुरु गरिने भएकाले मध्यरातसम्ममा नतिजा आउने बताइएको छ । 
बागमती प्रदेशको अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा भएको छ । दुवै उम्मेदवारले बाँकी चार पदाधिकारीको प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका छन् । 

सुझावित समाचार