जुडोका आठै खेलाडी बाहिरिए

मंगलबार, ९ असोज, २०८०
डिजिटल संस्करण

चीनको हाङझाउमा सञ्चालन भइरहेको १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी  जुडोका आठै खेलाडी बाहिरिएका छन्। 

यससँगै नेपालले पदकको आशा गरेको जुडो खेलाडी हाङझाउबाट घर फर्किएका छन्। प्रतियोगिताअन्तर्गत मंगलबार जुडोका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। १९औँ एसियाडमा जुडोतर्फ नेपालको प्रतिस्पर्धा सकिएको छ।

जियोसन लिन्पु जिम्न्याजियममा पुरुष सय केजीमाथि नेपालका रञ्जेश गोल इप्पोनका आधारमा पराजित भए। उनी काजकिस्तानका क्रिकबे गालिमजानबाट केवल १ मिनेट ७ सेकेन्डमा पराजित भए। महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन्। आकृतिले रिनिताविरुद्ध २७ सेकेन्ड मात्र चुनौती दिन सकिन्।

यसपटक जुडोमा नेपालबाट चार महिला र चारै पुरुष खेलाडीले भाग लिएकामा कुनै पनि खेलाडी क्वार्टरफाइनलसम्म पुग्न सकेनन्। एसियाडमा सहभागी आठमध्ये पुरुषतर्फ विकास विकले एक खेल जित हात पारेका थिए। सातै खेलाडी पहिलो चरणमा पराजित भएका छन्।

See More On

सुझावित समाचार