कांग्रेस बैठकमा सरकार र मन्त्रीको कार्यसम्पादन समीक्षाको माग

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार र पार्टीका तर्फबाट सहभागी मन्त्रीको कार्यसम्पादनमाथि समीक्षाको माग उठेको छ । सानेपामा जारी बैठकमा आइतबार धारणा राख्ने सदस्यहरूले सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी नौ मन्त्रीले परिणाम ल्याउने गरी काम गर्न नसकेको आरोप लगाए । ४ असोजबाट जारी बैठकमा अहिलेसम्म ३२ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

सुझावित समाचार