सरकार र शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

शुक्रबार, ५ असोज, २०८०
डिजिटल संस्करण

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा बसेको वार्तामार्फत ६ बुँदे सहमति भएको हो।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही बुँदामा असहमति जनाउँदै शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका थिए।

सहमति भएसँगै शिक्षकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

सुझावित समाचार