गायक बादल लिम्बूको नयाँ गीत ‘लर्के जोबन’ सार्वजनिक भएको छ।
गीतकार डिपी खनालको शब्द रहेको गीतमा संगीत र एरेन्ज पनि लिम्बूकै छ। रोमान्टिक शैलीको यो गीतको भिडियोमा बादलसँगै मोडल सारा राई र नोगेन हाङसारुम्बा फिचर्ड छन्।
मुन्धुम स्टुडियोले ल्याएको यो गीतको भिडियोको छायांकन र निर्देशन किरण राईले गरेका हुन्।