६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

आइतबार, ३१ भदौ, २०८०
डिजिटल संस्करण

ब्रेकसुमार्फत ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो। सिआइबीले ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो।

प्रतिवादीहरूबाट कुल तीन अर्ब ५० करोड बिगो दाबी गरिएको छ। तर, ट्याक्सीचालक अशोक लामा, राजन श्रेष्ठ तथा भन्सारका कर्मचारी श्रीधर टन्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयले राय दिएको छ।

सुझावित समाचार