अन्नपूर्ण पदमार्गमा ‘फेसबुक होस्टेल एन्ड लज’ सञ्चालन

शनिबार, ३० भदौ, २०८०
डिजिटल संस्करण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ तातोपानीमा  ‘फेसबुक होस्टेल एन्ड लज’ सञ्चालनमा आएको छ। मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई लक्षित गरेर सञ्चालनमा आएको उक्त लजमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिइने लक्ष्य रहेको सञ्चालक प्रकाश पुडासैनीले जानकारी दिए।

धार्मिक पर्यटक र मध्यम खाले तीर्थयात्रीलाई लक्षित गरी खोलिएको उक्त लजमा कम पैसामा खाना र वासको व्यवस्था गरिएको पुडासैनीको भनाइ छ। 

३० जनासम्म सुत्न मिल्ने स्तरीय बेड रहेको उक्त लजमा प्रतिव्यक्ति एक हजारको प्याकेजमा बिहानको ब्रेकफास्ट, एक रात खाना र सुत्नको व्यवस्था गरिएको उनले बताए। 

सुझावित समाचार