राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित, अर्को बैठक १२ असोजमा

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा बैठकले शोक प्रस्ताव पारित गरेको छ। 

बिहीबार बसेको बैठकमा संविधानसभा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित प्रस्तुत गर्ने कार्यसूची थियो। 

सोही शोक प्रस्ताव पारित गर्दै आजको बैठक समापन गरिएको थियो। राष्ट्रिय सभाको अर्को बैठक १२ असोजमा बस्नेछ।

नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। उनकाे आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ। 

सुझावित समाचार