देशले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहत भएको बताएका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै सभामुख घिमिरे भने, ‘नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो ।’ 

शोक–वक्तव्य जारी गर्दै सभामुख घिमिरे भने, ‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’  नेम्वाङको हृदयघातबाट गएराति १:३० बजे निधन भएको हो ।     

See More On

सुझावित समाचार