नेपाल न्युरो सर्जन सोसाइटीको अध्यक्षमा डा. यमबहादुर रोका सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा तीन दिनसम्म चलेको आठौँ सम्मेलनबाट रोका सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
सम्मेलनमा क्यानडा, जापान, चीन, बंगलादेश, भारत, फिलिपिन्स, श्रीलंका, माल्दिभ्स, पाकिस्तानलगायतका देशका न्युरो सर्जनको सहभागिता रहेको थियो। उनीहरूले न्युरो सर्जनको आयामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अन्तर्राष्ट्रिय न्युरो सर्जन सम्मेलनका साथै आठौँ साउथ एसियन न्युरो सर्जन सोसाइटीको सम्मेलन नेपाल न्युरो सर्जन सोसाइटीले गरेको हो।