सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ : ओली

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको उनको आरोप छ।

‘अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त पहिले नै। २-४ दिनअगाडि नै खुकुरी हान्छु भनेको थियो। लात्ती हान्छु भनेर खुट्टा उचालेकै थियो। अनेक गरेको थियो त उसले। मान्छेहरूको नाम लिएको थियो। मान्छेहरूको नाम लिइलिईकन काट्छु भन्दाखेरी सरकार कानमा तेल हालेर बसेको थियो,’ उनले भने।

अध्यक्ष ओलीले अमानवीय र गैरकानुनी क्रियाकलापमा साथ दिन्नँ भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले पक्राउ नगरेको भन्दै आपत्ति जनाए।

सुझावित समाचार