एन्फा अध्यक्ष र महासचिवविरुद्ध बहुमत सदस्यले बुझाए अविश्वास प्रस्ताव

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिवविरुद्ध बहुमत सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। 

एन्फाका ८६ मध्ये ४८ सदस्यले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासमक्ष अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गराएका  हुन्। 

असन्तुष्ट जिल्ला र क्लबका पदाधिकारीले बिहानै इमेलमार्फत पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। नेतृत्व पक्षले आफूहरूले राखेको कुनै पनि प्रस्ताव र सुझावको सुनुवाइ नगरेको भन्दै उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

प्रस्ताव दर्ता भएसँगै विधानको धारा ४१ अनुसार नेम्बाङ र राई स्वतः निलम्बनमा परेका छन्।

See More On

सुझावित समाचार