पाकिस्तानले टस जित्यो, भारतले ब्याटिङ गर्दै

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

एसिसी एसिया कप सुपर फोरमा भारतविरुद्ध पाकिस्तानले टस जितेको छ।

कप्तान बाबर आजमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन्। भारतले सुरुवाती ब्याटिङ गर्नेछ।

एसिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ।

सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुँदै छ।

सुझावित समाचार