भारतविरुद्ध छक्का प्रहार गरेका क्रिकेटरलाई ‘इन्स्पायर’को नगद पुरस्कार

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

इन्स्पायर नोबल फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहवरमा भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो।

भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए। कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका हुन्।

फाउन्डेसनले एसिया कप– २०२३ अन्तर्गत भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो। इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो।

सुझावित समाचार