बिवाइडीले भक्तपुरको सल्लाघारीमा सुविधासम्पन्न नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले विमाई अटोमोबाइल्सको नाममा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।
सोरुम उद्घाटन गर्दै विमाई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकमाझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गरेर नयाँ सोरुम सञ्चालनमा ल्याएको बताए । ग्राहकहरूको बढ्दो मागलाई परिपूर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाइडी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
नेपाली बजारमा विद्युतीय गाडीले राम्रो हिस्सा ओगटेको बिवाइडीले नयाँ इलेक्ट्रिक एसयुभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ सोरुम पनि सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । बिवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको कम्पनीले उल्लेख गरेको छ ।