क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलन सुरु

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)को ४३औँ शिखर सम्मेलन जकार्तामा सुरु भएको छ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित यो शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरे। आसियान अध्यक्ष विडोडोले सदस्य मुलुकमा एक–अर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरे।

आगामी तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाको रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, संगठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यानमार संकटलाई लिएर चिन्ता व्यक्त भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ।

See More On

सुझावित समाचार