३ प्रश्न

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

पछिल्लो समय निष्क्रिय अवस्थामा रहेको हेलो सरकारलाई सक्रिय बनाउनुभएछ नि ?
हो । जनताका गुनासा सिधै कार्यकारी प्रमुखसम्म पुर्याउने माध्यम हो हेलो सरकार । स्थापनाकालमा यो निकै लोकप्रिय थियो । त्यतिखेर हामीसित जनशक्ति, प्रविधि र अन्य पूर्वाधार निकै कमजोर थिए । कार्यालय पनि टहरोमा थियो । अहिले प्रधानमन्त्रीज्यूको विशेष चासो र निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयमै यसको कार्यालय राखिएको छ । आवश्यक प्रविधि र प्रविधिविज्ञ जनशक्तिलाई यस शाखामा खटाइएको छ । हेलो सरकारको पोर्टललाई विशेष सुधार गरिएको छ । 

हेलो सरकारमा आएका गुनासाको सम्बोधन कसरी हुन्छ ? 
सरकारी निकायबाट प्रवाह हुने सेवाबारे चित्त नबुझेको अवस्थामा गुनासो गर्नु नागरिकको अधिकार हो । हेलो सरकारमार्फत नागरिकले गुनासो गरिसकेपछि हामी ती गुनासाको वर्गीकरण गर्छौं र सम्बोधन हुनुपर्ने गुनासाहरू सम्बोधन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिन्छौँ । प्रधानमन्त्री कार्यालयबाटै निर्देशन गइसकेपछि त्यसको शीघ्र सम्बोधन हुन्छ । यसबाट नागरिकमा सरकार र हेलो सरकारप्रति विश्वास बढ्छ । 

हेलो सरकारमा आएका गुनासाहरूको सम्बोधनचाहिँ कति हुन्छन् ?
देशको कार्यकारी प्रमुखको कार्यालयबाटै प्रत्यक्ष निर्देशन र निगरानी हुने भएकाले सबैजसो गुनासाको सम्बोधन हुन्छ । प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन भनेपछि मातहतका निकाय पनि सचेत हुन्छन् । आफूबाट भएका कमी कमजोरी सच्याउने र भविष्यमा त्यस्ता कमी कमजोरी दोहोरिन नदिन सबै सचेत हुने अवस्था हुन्छ । त्यसैले, नागरिकको पनि यसप्रति विश्वास छ । उहाँहरूले अनेकौँ गुनासा हेलो सरकारमा पठाइहरनुभएको हुन्छ । 

सुझावित समाचार