एसिसी एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालले दुई सय रन पूरा गरेको छ। श्रीलंकाको क्यान्डीमा जारी खेलमा नेपालले ४३।३ ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको छ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन्। सोमपालले २७ रन बनाएर खेलिरहेका छन्। सन्दीपले तीन रन बनाउँदै साथ दिएका हुन्। यसअघि नेपालका ओपनर आसिफ सेखले अर्धशतकीय इनिङ्स खेलेका थिए।