एसिया कपको समूह चरणको ‘ए’ मा नेपालले भारतविरुद्ध पहिलो पावर प्लेमा एक विकेटको नोक्सानीमा ७३ रन जोडेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३८ रन जोडे । उनले केवल २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी शार्दूल ठाकुरको ओभरमा आउट भएका थिए ।
क्रिजमा अहिले आसिफ सेखले ५४ बलमा चार चौकाको सहयोगमा २६ रन तथा भीम सार्कीले १४ बलमा ६ रनमा खेलिरहेका छन् । भारतका लागि शार्दूलले तीन ओभरमा १८ रन खर्चेर एक विकेट लिए ।