एक लाख राशिको पुरस्कारका लागि खोजमूलक आर्थिक समाचारको आह्वान

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले १४औँ वार्षिकोत्सवमा उत्कृष्ट खोज आर्थिक समाचारलाई एक लाख रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको छ । यसका लागि नाफिजमा आबद्ध आर्थिक पत्रकारलाई २३ भदौसम्म खोज समाचार पेस गर्न आह्वान गरिएको छ ।

संघको आइताबार सम्पन्न कार्यसमिति बैठकले एक लााख राशिको शारदा–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार एकजना क्रियाशील आर्थिक पत्रकारलाई वितरण गर्ने निर्णय गरेको हो । त्यस्तै ५०–५० हजार रुपैयाँ राशिको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’समेत दुईजना आर्थिक पत्रकारलाई प्रदान गर्ने र २३ भदौभित्रै खोजमूलक समाचार पठाउन आह्वान गरिएको संघले जनाएको छ ।

१ साउन ०७९ देखि ३१ असार ०८० सम्म प्रकाशित भएका समाचारलाई पुरस्कारका लागि मान्यता दिइने संघले जनाएको छ । 
 

सुझावित समाचार