माओवादीको तीनमहिने अभियान आजबाट

शनिबार, १६ भदौ, २०८०
डिजिटल संस्करण

आठ लाख पार्टी सदस्य बनाउने, २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने 

सत्तारूढ दल माओवादीले आठ लाख सदस्य पुर्याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो ।  

शनिबारबाट सुरु हुने अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका हुँदै वडा तहसम्म खटाएको छ । अभियानमार्फत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य लिइएको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख अग्नि सापकोटाले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्दै छन् । सापकोटाले जनतासँग माओवादी अभियानअन्तर्गत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने बताए । साउन तेस्रो साता सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो । 

See More On

सुझावित समाचार