एसिया कप २०२३ को पहिलो खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सय रन पनि नबनाउँदै सातौँ विकेट पनि गुमाएको छ।
लगातार दीपेन्द्रसिंह ऐरी र गुल्सन झा आउट भएका छन्। मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी आउट भएका छन्। पछिल्लो लामो समयदेखि फर्ममा फर्कन संघर्ष गरिरहेका दीपेन्द्र पुनः असफल बनेका छन्। संकटपूर्ण अवस्थामा रहेको नेपाली इनिङलाई सम्मानजनक अवस्थामा पुर्याउन उनले ठूलो योगदान गर्ने आशा साकार पार्न उनी पुनः चुकेका हुन्।
११ बल खेलेका उनले तीन रन बनाए। उनी आउट भएलगत्तै गुल्सन झाको विकेट पनि गुमेको छ। २३ बलमा १३ रन बनाएका गुल्सन सदाव खानको बलमा फखर जमानबाट उत्कृष्ट ढंगले समातिए।