एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौँ विकेट पनि गुमाएको छ।
सोमपाल कामी ह्यारिस रउफको बलमा विकेटको पछाडि मोहम्मद रिजवानको हातबाट समातिए। त्यसअघि ह्यारिसले आरिफ सेखलाई बोल्ड आउट गरेका थिए।
आउट हुनुअघि सोमपालले ४६ बलमा चार चौकाको सहयोगमा २८ रन बनाए। सुरुवाती दुई ओभरभित्रै तीन विकेट गुमाएपछि दबाबमा परेको नेपाली इनिङलाई उकास्न बलर सोमपाललाई माथिल्लो अर्डरमा ब्याटिङका लागि पठाइएको थियो। उनले आरिफसँग मिलेर ५९ रनको साझेदारी गरेपछि नेपाल केही सुधारिएको थियो।
ताजा अवस्थामा नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर ८४ रन बनाएको छ। गुल्सन झा १२ बलमा एक छक्कासहित १० रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन दीपेन्द्रसिंह ऐरी क्रिजमा पुगेका छन्।